१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


कांग्रेस बैठक : प्रदेश महाधिवेशनको जिम्मा प्रदेशबाट प्रतिनिधित्व गर्ने नेतालाई


0
Shares

काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव पेश गरिएको छ ।

आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले महाधिवेशनका लागि आवास तथा भोजन व्यवस्थापन समितिको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने प्रस्ताव गरेको हो ।

योसँगै सातवटै प्रदेशका महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई दिइएको जनाइएको छ ।

प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई संयोजन गर्ने जिम्मेवारी प्रदेश १ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँड, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडुलाई दिइएको हो । उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको हो ।

कांग्रेस महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।