
धनकुटा, कात्तिक २९ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाभित्रका कृषकहरुलाई उन्नत जातको तरकारीको बिउ वितरण गरिएको छ ।
पालिकाले पालिकाका सबै छ वटा वडाका कृषहरुलाई ५० प्रतिशत अनुदानमा ४ लाख मूल्य बराबरको केराउ र मुलाको बिउ वितरण गरेको हो ।
पालिकाले ३ कृषि सहकारी, २६ कृषक समुह र १० वटा नीजि फर्ममार्फत् कृषकहरुलाई बिउ वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।
उक्त तरकारीको बिउ पालिका अध्यक्ष शेरबहादुर लिम्बूले संस्था तथा समुहका प्रतिनीधिहरुलाई प्रदान गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्