काठमाडौं, कात्तिक २९ । मिडिया अलाइन्स नेपालले विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ ।
अलाइन्सले सोमबार विज्ञप्ति जारी गरेर मदिरा चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रशारण गर्न नपाउने बोर्डको निर्णयप्रति आपत्ति जनाएको हो ।
बोर्डले जनस्वास्थ ऐन २०७५को दफा ४५ को उपदफा १ मा गरिएको व्यवस्था अनुसार सुर्ती रमदिराजन्य उत्पादनको विज्ञापन गर्न निषेध गरिएको भन्दै सञ्चामाध्यमहरुको ध्यानाकर्षण गराएको थियो ।
विज्ञापनको विश्वप्यापी मान्यता अनुसार उपभोक्तालाई आफ्नो छनौट गर्ने अधिकार रहेको भन्दै अलाइन्सले अधिकार कुंठित पार्न खोजिएको भन्दै आपत्ति जनाएको हो ।
जुनसुकै उत्पादन वा उपभोग्य वस्तुमा उपभोक्ताको सूचना पाउने मौलिक अधिकार कुनै पनि बहानामा कटौती गर्न नसकिने पनि एलाइन्सले स्पष्ट पारेको छ ।
२१ शताब्दीको विश्वव्यापी मान्यता खिलाफ हुने जनस्वास्थ ऐन २०७५ लाई तत्काल संशोधन गरेर कोरोनाका कारण धरासायी भएको विज्ञापन बजारलाई पुरानै लयमा फर्काउन पनि अलाइन्सले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्