
काठमाडौं–नेपालगञ्जकी निर्मला कुर्मी प्रकरण सम्वन्धि छानविन प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका छन् ।
सरकारी छानविन समितिले निर्मलालाई बेपत्ता पारेको निष्कर्ष सहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
समितिले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सुझावसमेत दिएको थियो । तर घटनामा संलग्नमध्ये नेपाली कांग्रेसका पूर्व सांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ नगरको भन्दै अधिकारकर्मीहरुले दैनिक धर्ना दिने गरेका हुन् । प्रहरीले केही आरोपितलाई भने पक्राउ गरिसकेको छ । निर्मलालाई बेपत्ता पारेर भू माफियाले उनको जग्गा हडपेको भन्दै त्यसको पूर्ण सत्यतथ्य बाहिर ल्याउनुर्ने अधिकारकर्मीको माग छ ।
नेपालगन्ज–१७ परस्पुरकी बेपत्ता निर्मलाको साढे चार बिघा घरजग्गा भूमाफियाले किर्ते कागज बनाएर जालझेल गरी विभिन्न व्यक्तिका नाममा नामसारी गरेका अधिकारकर्मीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्