
एजेन्सी । गत मे देखि म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई रिहा गरिएको जुन्ता सरकारले बताएको छ ।
करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी आफ्नो परिवार भेट्न म्यान्मार छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए ।
१ सय ७६ दिन हिरासतमा बिताएका ड्यानीलाई गत हप्ता सेना, गैरकानूनी संघसंस्थामा संलग्न रहेको र अध्यागमन कानूनको उल्लंघन गरेको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको थियो ।
जुन्ता सरकारका प्रवक्ता जाव मिन तुनले फेन्स्टरलाई रिहा गरिएको भन्दै उनलाई आफनै देश निर्वासन र त्यसको विवरणपछि सार्वजनिक गरिने बताएका छन् ।
गत महिना ५ हजार कैदीबन्दीलाई आममाफी दिँदा पनि ड्यानीलाई छुटाइएको थियो । उनीविरुद्ध थप दुईवटा गम्भीर आरोपमा दायर गरिएको मुद्दाको सुनुवाइ हुन बाँकी थियो ।
ड्यानीको अचानक रिहाई बाइडेन प्रशासन द्वारा महिनौ ंलामो शान्त दबाब र अनुभवी अमेरिकी कूटनीतिज्ञ बिल रिचर्डसन द्वारा म्यानमारको भर्खरको भ्रमण पछि भएको छ ।
प्रतिक्रिया दिनुहोस्