१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोलिदेखि कफीको नयाँ मूल्य निर्धाण


0
Shares

काठमाडौं, कात्तिक ३० । कोरोना संकटको बेलामा पनि नेपालमा कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ ।

नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको विभागले जनाएको छ ।

कोरोनाका कारण विश्वनै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात् करिव डेढ वर्षको बीचमा दोब्बर देखिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

१७ औं कफी दिवसको अवसर पारेर मंगलबार कीर्तिपुरमा पत्रकार सम्मेलन गरी उहाँले कोभिड कालमा पनि कफीको निर्यात बढेको बताउनुभयो ।

बोर्डले प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरुमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ ।

मंसिर १ गतेदेखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरेको छ । नयाँ मूल्य र सरोकारवालाको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो ।

जस अनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताउनु भयो । त्यसैगरी बी ग्रेडको कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ ।