
चितवन, कात्तिक ३० । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेका छन् ।
चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार बिहान साँढे ५ बजे वाइपास रोडको आँखा अस्पताल अगाडि टायर वाल्दै गरेका २ जना र जबरजस्ती बन्द गराउदै हिडेका ९ जनालाई नारायणगढको लायन्सचोकबाट नियन्त्रणमा लिइएको हो भने वाँकी ५ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको थापाले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यवृद्धिको फिर्ता गर्न माग गर्दै देशभर नेपाल बन्दको आह्वान गरेको भएपनि जिल्लामा बन्दको प्रभाव खासै नपरेको प्रहरीले जनाएको छ । तर लामो दुरीका सवारी साधन संचालन नहुँदा यात्रुहरुले भने सास्ती खेप्नु परेको छ ।
प्रतिक्रिया दिनुहोस्