६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तीन महिनाको अवधीमा रेमिट्यान्समा ७.६ प्रतिशतले कमी


0
Shares

काठमाडौं, कात्तिक ३० । चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा रेमिट्यान्समा ७.६ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार आर्थिक वर्षको ३ महिनाको अन्त्यसम्ममा रेमिट्यान्स २ खर्ब ३९ अर्ब ३२ करोड भित्रिएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।

यस्तै यसै अवधीमा तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड पुगेको छ ।

गत वर्षको यसै अवधिमा निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको छ ।

असोज मसान्तसम्ममा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोडको वस्तु आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत वर्ष असोज मसान्तसम्ममा आयात १२.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात भएको छ । यस अवधीमा चालु खाता १ खर्ब ५१ अर्बले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । असोज मसान्तसम्मा विदेश विनिमय सञ्चिति २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चितिमा ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ ।