
काठमाडौं–आजबाट बिद्युतको महशुल घटेको छ ।
विद्युत् नियमन आयोगले गत कात्तिकमा गरेको निर्णयअनुसार आजबाट बिद्युत महशुल घटाएर नयाँ महशुल लागू भएको गरिएको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो । अब २० युनिटभन्दा कम विद्युत् खपत गर्नेले यो सुविधा पाउनेछन् । त्यस्तै सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । ४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले भने प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ ।अब नेपाल विद्युत् प्राधिकरणले नयाँ दरअनुसार उपभोक्ताबाट महशशुल उठाउनुपर्नेछ ।
बजेटले गरेको व्यवस्था अनुसार कृषि र सिँचाई प्रयोजनमा प्रयोग हुने विद्युतको महशुलमा पनि छुट पाइने छ ।
सरकारी स्वास्थ्य संस्थाले मिटर रिडिङ भएको २१ दिनभित्र महशुल तिरे कुल बिल रकममा २० प्रतिशत छुट पाउनेछन् ।
अरु उपभोक्ताले भने मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाएमा २ प्रतिशत छुट पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्