१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभापतिको उम्मेद्वार बन्नेमा कुनै शंका छैन् : कोइराला


0
Shares

संखुवासभा, मंसिर १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा उमेद्धवारी दिने बताउनुभएको छ ।

संखुवासभा पुग्नुभएका महामन्त्री कोइरालाले तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसंग आफू सभापतिको उम्मेद्वार बन्नेमा कुनै शंका नरहेको स्पष्ट गर्नुभयो ।

तोकिएको समयमा महाधिवेशन हुनेमा कुनै शंका नरहेको भनाई उहाँको छ । न्यायालय छुट्टै निकाय भएकाले त्यसको निदान त्यहीँबाट हुने भन्दै महामन्त्री कोइरालाले गठबन्धनको सरकारका कारण काम उपलब्धिमूलक हुन नसकेको टिप्पणी गर्नुभयो ।

काग्रेसको सरकार आएपछि कम्तिमा २५ प्रतिशत बजेट कृषिमा विनियोजन गरी क्रान्तिकारी परिवर्तन गर्ने दावी गर्दै उहाँले आगामी निर्वाचनमा कुनै पार्टीसंग गठबन्धन नहुने र काग्रेस एक्लै निर्वाचनमा लड्ने समेत दावी गर्नुभयो ।

महामन्त्री कोइराला चुनावी प्रचारप्रसारका क्रममा संखुवासभा पुग्नुभएको हो ।