१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय


0
Shares

काठमाडौं, मंसिर ३ । सरकारले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिनु भएको हो ।

सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

बैठकले एशियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्विकार गर्ने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा डा. श्यामसुन्दर यादव, भिमसिंह तिङ्करी र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती प्रदान गरेको छ ।