१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एभोकाडोको राजधानीमा महोत्सव हुँदै


0
Shares

धनकुटा, मंसिर ३ । एभोकाडोको राजधानी मानिने धनकुटामा शनिबार (भोलि)देखि एभोकाडो महोत्सव हुँदैछ ।

दोस्रो एभोकाडो महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना हुने दुई दिने महोत्सव धनकुटा सदरमुकामको परिचय मोड स्थित एभोकाडो स्तम्भ भएको स्थानमा हुन लागेको हो ।

महोत्सवमा ५० वटा स्टलहरु रहने जनाइएको छ । महोत्सवको पहिलो दिन किसान तथा व्यापारीहरुका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिने छ् । दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको प्रबद्र्धनका बिषयमा अन्तरक्रिया गरिने बताइएको छ ।

वि.स २०७५ सालमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।