
काठमाडौं । नेपाली कांग्रेस ललितपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशनको परिणाम सार्वजनिक भएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार देखि प्रदेश सभा क्षेत्रिय अधिवेशन भएको थियो । यसै अन्तर्गत ललितपुरका ६ वटा प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनको परिणाम शुक्रबार राति सार्वजनिक भएको थियो । मत परिणाम अनुसार ललितपुर निर्वाचन क्षेत्र नम्बर – १ को प्रदेश सभा (१) को सभापतिमा मिलन सिलवाल विजयी हुनुभएको छ ।
सिलवालले २ सय मत प्राप्त गर्दा अर्का उम्मेदवार तीर्थ घलानलाई ८३ मत प्राप्त भएको थियो । यसैगरी प्रदेश सभा (२) मा ज्ञानबहादुर लो प्रदेश सभा सभापतिमा विजयी हुनुभएको छ । लोले २०१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कृष्ण चन्द्र महर्जनलाई भने ११० मत प्राप्त भएको थियो ।
यस्तै ललितपुर क्षेत्र नम्बर– २ को प्रदेश सभा (१) को प्रदेश कार्यसमिति सभापतिमा दिवाकर नेपाल निर्वाचित हुनुभएको छ । सभापतिका लागि ३ जना उम्मेदवार रहेकोमा नेपालले ८५ पाउँदा प्रतिद्वन्दीद्वय जयकिशन बोगटीलाई २८ मत र सञ्जय अर्याललाई ६३ मत प्राप्त भएको थियो ।
उता प्रदेश सभा (२) को सभापतिमा चन्द्रमान बज्राचार्य सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
निर्वाचन क्षेत्र नम्बर – ३ को प्रदेशसभा क्षेत्र (१) का सभापतिमा वीरेन्द्र महर्जनले बाजी मार्नुभएको छ । महर्जनले ११५ मत ल्याउँदा प्रतिस्पर्धी गोविन्द घिमिरेलाई १०७ मत प्राप्त भएको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र (२) को सभापतिमा सुरेन्द्र डंगोल लाई सफलता हात लागेको छ । । डंगोलले १०२ मत पाउँदा निरन खड्कालाई ७० मत आएको थियो ।
प्रतिक्रिया दिनुहोस्