९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


स्वरोजगार कोषबाट ४६ हजार ७ सय ४८ जना युवा रोजगार बने


0
Shares

काठमाडौं, माघ ३ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले हालसम्म कोषबाट १४ सय ७१ वटा सहकारी संस्थालाई ६ अर्ब ३ करोड २१ लाख ९० हजार रुपैयाँ कर्जा दिएको छ ।

राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी कोषका उपाध्यक्ष डा. प्रेमप्रसाद दंगालले उक्त लगानीबाट ४६ हजार ७ सय ४८ जना स्वरोजगार बनेको दाबी गरे ।

यस अवधिमा बैंक तथा वित्तिय संस्था र सहकारीहरुले ब्यावसायीबाट लिदै आएको ऋणको ब्याजदर पुनरावलोकन गरी ५ र १० प्रतिशत कायम गरेको पनि बताए ।

यस्तै कोषमा बुझाउनु पर्ने रकम नबुझाएका १ सय १ सहकारी संस्थाका संचालक समिति, लेखा समिति तथा ऋण उप समितिका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा समेत रोक्का गर्न कोषले स्थानीय तहमा पत्रचार गरेको छ ।

पत्राचार गरिएका १५ सय ५३ जना पदाधिकारी तथा सदस्यहरुमध्ये १३ वटा सहकारीका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा रोक्का भएको पनि कोषले जनाएको छ ।