
काठमाडौं, माघ ३ । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन् ।
राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन् । उनले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
“हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,” ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेखेका छन् ।
सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप पनि लगाए । “त्यो अडियो सत्य होईन,” उनले भने । उनी सन् २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद सम्हाल्नु भएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्