
मकवानपुर, मंसिर ५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अब सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाउनेगरी सरकारले खोप खरिद प्रकृया अगाडि बढाएको बताउनु भएको छ ।
समाजवादी प्रेस संगठन मकवानपुरले आइतबा हेटौंडामा गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले डेढ करोड डोज खोप सम्झौता भएको र हालसम्म २ करोड नेपालीले खोप पाएको दाबी गर्नुभयो ।
यसैबीच, मन्त्री खतिवडाले एक कार्यक्रममा हेटौंडा अस्पताललाई भारतीय सहयोगमा प्राप्त आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्