१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एभोकाडोको राजधानी धनकुटामा महोत्सव सकियो


0
Shares

धनकुटा, मंसिर ५ । एभोकाडोको राजधानी घोषित धनकुटामा शनिबारबाट शुरु भएको दोस्रो एभोकाडो महोत्सव सम्पन्न भएको छ ।

एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा दुई दिने महोत्सव भएको हो ।

महोत्सवको पहिलो दिन किसान तथा व्यापारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए भने आज दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको प्रवद्र्धनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

वि.स २०७५ सालमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।