१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ईमेज च्यानलमा ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ आउने


13
Shares

काठमाडौं । भ्वाइस स्टार नेपाल प्रालिको ब्यानरमा उत्पादन हुन लागेको रियालिटी शो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ लाई ईमेज च्यानल एचडीमा प्रशारण गर्न सम्झाैता भएकाे छ ।

काठमाडाैंमा साेमबार एक विशेष समाराेहकाे आयाेजना गरी सम्झाैतापत्रमा हस्ताक्षर गरिएकाे छ । पत्रमा ईमेज एचडीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्ट र नायव महाप्रवन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले हस्ताक्षर गर्नुभएको हाे ।

कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरले ‘सिङ्गिङ्ग सुपरस्टार’ नेपाली सांगितिक क्षेत्रमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ईमेज च्यानल एचडीमा रूपान्तरण भएसँगै नयाँ तथा परिमार्जित कार्यक्रम लिएर दर्शकलाई विशिष्ट मनोरञ्जन दिन तत्पर रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत डा. विष्टले कार्यक्रमले नेपालको सांगितिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । भ्वाइसस्टार नेपालका क्रियटिभ डाइरेक्टर श्रेष्ठले ईमेज च्यानलले नेपालको सांगितिक क्षेत्रमा पुर्‍याएकाे योगदान उल्लेखनीय रहेको बताउनुभयो ।

‘सिङ्गिङ्ग सुपरस्टार’मा विभिन्न रियालिटी शोमा भाग लिएर पनि आफ्नो सांसगतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकालाई स्थान दिन विशेष प्रोत्साहन दिइने सम्झौतामा उल्लेख छ । त्यसमा राजधानी बाहिर रहेर संघर्ष गरिरहेकाहरूलाई छनाेट प्रक्रियामा उचित स्थान दिइनेछ ।

छनाेटको पहिलो चरण डिजिटल अडिसन आगामी पुष महिनाको पहिलो साताबाट सुरु हुनेछ । यो प्रक्रिया एक महिना अवधिको हुनेछ । छनाेट प्रक्रियापछि माघ दोस्रो साताबाट नेपालका विभिन्न शहरहरूमा फिजिकल अडिसनको घोषणा हुनेछ ।

दुवै प्रक्रियाबाट छनाेट भएका प्रतिस्पर्धीहरूबीच कार्यक्रमको २५ औं शृखलासम्म रोचक भिडन्त हुने बताइएको छ । ‘सिङ्गिङ्ग सुपरस्टार’ विजेताले २५ लाख रुपैयाँ पाउनेछन् । कार्यक्रमको भोटिङ पार्टनर सजिलो पे रहेको छ ।

कार्यक्रमको प्रचार अभियानका लागि डिजिटल मिडियामा चाँडै नै गेस द जजेज क्याम्पेन सुरु गर्न लागिएको दुवै संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।