१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डा. डिला संग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण


0
Shares

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गर्नु भयो । पुस्तक लोकार्पणपछि उहाँले लेखक कांग्रेसकी लोकप्रिय नेता भएको भन्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरुलाई पढेर लाभ लिने मौका मिल्ने बताउनुभयो ।

डा. संग्रौलाले काँग्रेसलाई आगामी दिनमा कसरी अगाडी बढाउनुपर्छ भन्ने सम्बन्धमा पार्टी भित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताउनुभयो ।

उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मुल मर्ममा टेकेर कांग्रेसका कमी, कमजोरीहरुलाई केलाउँदै पुस्तक लेखेको पनि उल्लेख गर्नुभयो । पुस्तकमा कांग्रेसको संक्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धीहरु, अबको बाटो समेटिएको छ ।