
काठमाडौं, मंसिर । अर्थमन्त्री जनार्दन शर्माले अहिले चालु खर्च पनि धान्न नसक्ने अवस्था रहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुर्नउत्थानमा सार्वजनिक नीजि साझेदारी कार्यक्रममा उहाँले नेपालको बजेट प्रणालीमै समस्या रहेको औंल्याउँदै चालु खर्चसमेत धान्न नसक्ने अवस्था आएको बताउनुभयो । साधन स्रोत भएर पनि व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र सही दिशामा अघि बढ्न नसकेको मन्त्री शर्माको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोनापछिको पुर्नउत्थानका कार्यक्रममा कर्जा प्रवाह बढेकोले तरलता अभाव देखिएको बताउनुभयो
नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले तरलता व्यवस्थापन गरेर अर्थतन्त्रमा सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयोे । एमसीसी जस्तो पुर्वाधार विकासको परियोजनामा अति राष्ट्रवादी भई विरोध गर्न नहुने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको सीडी रेसियोको व्यवस्थाले व्यवसायीलाई अप्ठयारो बनाएको भन्दै हटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा आर्थिक पत्रकार केशव गौतमलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्