
बुटवल, मंसिर ८ । नेपाल ईन्जिनियर्स एसोसियसन वीरगञ्ज केन्द्रका सदस्य एवं वीरगञ्ज उपमहानगरपालिकाका इन्जिनियर राजेशकुमार चौरासियालाई रिहाईको माग गर्दै नेपाल भ्यालुयर्स एशोसियसन लुम्बिनी प्रदेश समितिले बुटवलमा बिरोध तथा धर्ना गरेको छ ।
इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवल मिलनचोकमा रहेको कुमारी बैंक अगाडी धर्ना गरेको हो ।
नक्कली लालपूर्जा, ब्लु प्रिन्ट नक्सा र वडा कार्यालयबाट नक्कली चौहदी प्रमाणित गराई फर्जी १७ करोडको ऋण लिएको घटनामा छानबिन गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले चौरसियालाई नियन्त्रणमा लिएको थियो ।
एशोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठले बैंकले उपलब्ध गराएको कागजातका आधारमा जग्गाको मूल्यांकन गरेकोले पक्राउ परेका इन्जिनियर चौरसिया निर्दोष रहेको बताउँदै तत्काल रिहाई गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्