
काठमाडौं, मंसिर ८ । नागरिक लगानी कोषले कोरोनाको प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कोरोनाको सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।
सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराइसकेको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्