२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


अमेरिकाले लोकतन्त्र सम्मेलनमा ताइवानलाई बोलाएपछि चीन रुष्ट


0
Shares

एजेन्सी । अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ताइवानलाई आमन्त्रण गरेपछि चीन रुष्ट बनेको छ ।

ताइवानलाई चीनले आफ्नै भूमी भएको दाबी गर्छ भने अमेरिकालगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भड्काउन ताइवान मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएको छैन ।

डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन ।

आफूले दाबी गरिरहेको ताइवानलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइटहाउसँग बेइजिङ थप भड्किएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीलाई निम्तो पठाएको छ ।

ताइवानलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् । चीनको स्टेट काउन्सिल ताइवान अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ताइवानलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ ।