१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गरिबी अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी : अध्यक्ष भट्टराई


13
Shares

बर्दिया, मंसिर ९ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबीको अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी बर्दियाले राजापुरमा गरेको कार्यक्रमलाई सम्बोधन उहाँले विभिन्न परिवर्तन भएपनि जनताका पीडा अझैं पनि समधान हुन नसकेकोले आन्दोलन आवश्यक भएको बताउनुभयो ।

जनयुद्धकालमा बर्दियामा धेरैले सहादत प्राप्त गरेको भएपनि यहाँका थारुले आफ्नो पहिचान पाउन नसक्नु दुखद भएको उहाँको भनाई छ ।

फरक प्रसंगमा अध्यक्ष भट्टराईले टीकापुर घटना योजनावद्ध नभएको भन्दै रेसम चौधरी निर्दोष रहेको जिकीर गर्नुभयो ।