१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महालेखापरीक्षकको नयाँ भवन उद्घाटन


0
Shares

काठमाडौं, मंसिर ९ । महालेखापरीक्षकको कार्यालयले अब आफ्नो काम कारबाही अनामनगरस्थित नयाँ आधुनिक भवनबाट गर्ने भएको छ ।

कार्यालयको नवनिर्मित ‘अडिट भवन’को बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा उहाँले आर्थिक अनुशासन परिपालना गरी देशको सम्मृद्धिका लागि संघीय सरकारदेखि स्थानीय तहसम्मको काम कारवाहीमा सुधार आवश्यक भएको पनि उल्लेख गर्नुभयो ।

बर्षेनी बेरुजू रकम बढ्ने तर फर्छयौट नहुने अवस्थाको गहन अध्ययन विश्लेषण गरी सुधार गर्नु जरुरी रहेको पनि राष्ट्रपति भण्डारीले बताउनुभयो ।

परम्परागत र आधुनिक शैली मिश्रित नवनिर्मित भवनको कुल अनुमानित लागत ८३ करोड १८ लाख रहेकोमा ७३ करोड ९ लाखमा पूरा भएको पनि कार्यालयले जनाएको छ ।