९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हेटौंडामा एक युवतीको हत्याको आशंका


0
Shares

हेटौंडा, माघ ५ । हेटौंडा उपमहानगरपालिका १८ को दियावतीमा एक युवतीको शव फेला परेको छ ।

आइतबार बिहान २५ वर्षीय मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा रगत देखिएको साथै टाउको र हातमा चोट देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकका श्रीमान यज्ञराजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसअघि शनिबार पनि हेटौंडामा एक युवतीको शव फेला परेको थियो ।