६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


निर्मल पुर्जाको डकुमेन्ट्री प्रशर्दनी हुँदै


0
Shares

काठमाडौं, मंसिर १० । पूर्वब्रिटिस गोर्खा तथा उत्कृष्ट आरोही निम्सदाईका नामले परिचित निर्मल पुर्जाको जीवनीमा आधारित ‘फोर्टिन पिक्स, नथ्थिङ इज इम्पोसिबल’ नामको वृत्तचित्र आगामी सोमबार विश्वयापी प्रदर्शनी हुँदैछ ।

उक्त वृत्तचित्र २९ नोभेम्बरमा नेटफ्लिक्समा रिलिज गरिन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

वृत्तचित्रको लेखन, निर्देशन तथा निर्माण टर्कियुल जन्सले गरेका हुन् । वृत्तचित्रमा पुर्जाले ७ महिनाभित्र ८ हजार माथिका १४ वटा हिमालको सफल आरोहण गरेर रेकर्ड कायम गरेका अनुभव समेटिएका छन् । पुर्जालाई आरोहणमा हामा स्टीलले सहयोग गर्दै आएको छ ।