१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।
यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो ।


यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संयोजक रहेर गरेको भूमिकाप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद समेत दिनु भएको छ ।


वरिष्ठ अधिवक्ता समेत रहनुभएका घिमिरे यसअघि निर्वाचन समितिका सदस्य हुनु हुन्थ्यो ।महाधिवेशन नजिकिदै गर्दा निर्वाचन संयोजक फेरिदा कांग्रेस नेता कार्यकर्ताले यसलाई चासोका साथ हेरेका छन् ।