१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा हैजाका कारण थप एक बालिकाको मृत्यु


0
Shares

कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा हैजाका कारण आइतबार थप एक बालिकाको मृत्यु भएको छ ।

बुद्धभुमी नगरपालिका– ६ महुवाकी १३ वर्षिया श्रृजना यादवको मृत्यु भएको हो ।

कपिलवस्तुमा असोज १८ गतेदेखि फैलिएको हैजाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । बुद्धभूमी– ७ मानपुरमा असोजको पहिलो साता साढे २ वर्षकी बालिकाको समेत झाडा पखालाका कारण मृत्यु भएको थियो ।

बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । बुद्धभूमीको वडा नं. ५ र मायादेवीको वडा नं. ७ मा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमीका ५, ६, ७, ८ र १० वडामा हैजाका बिरामी देखिएको बुद्धभूमी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।