
अर्घाखाँची, माघ ६ । अर्घाखाँचीको सन्धिखर्कमा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ७ की ६ वर्षीया कृष्टीना महत र प्युठानकी ४ वर्षीया वर्षा थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।
पौडी खेल्ने क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्