
बैतडी, माघ ६ । डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ ।
बोहराको सोमबार निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
मुटु र फोक्सो सम्बन्धी बिरामी रहेका बोहराको सोमबार मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत थिए । रासस
प्रतिक्रिया दिनुहोस्