
काठमाडौं । पछिल्लो समयकी चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक भएको छ । प्रायः लोक दोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समिक्षाका सेन्टिमेन्टल गीतहरु भने कमै सुन्न पाईन्छ । सानै उमेरमा थुप्रै गीतहरुमा स्वर भर्न सफल समिक्षाले हरेक शैलीका गीतहरु गाउन सक्छिन तर, उनका लोक दोहोरी शैलीका गीतहरु अलि बढी हिट छन् ।
प्रस्तुत गीतमा पनि समिक्षाले न्याय गरेकी छिन् । ‘दिलको बदला दिल दिएँ’ , ‘म भन्दा नि’ , ‘तिमी बिना बाँच्दिन म’ भन्ने तिमी गीतका संगीतकार राज कुमारसंग उनको यो पहिलो सहकार्य हो ।
हाललाई स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समिक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर, राज कुमारको शव्द संगीत, संजय हमालको एरेञ्जमेन्ट, दिल समर्पणको रेकर्डिङ, चन्द्र चौधरी (अकष्टिक नेपाल) को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायाँकन तथा स्वयम गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।
अडियो राम्रो बने साधारण भिडियोबाट पनि राम्रो भ्युज जाने र दर्शक श्रोताले मन पराउने यसअघिका एक्का कम्पनी युट्युबबाट सार्वजनिक भएका गीतहरुले पनि प्रमाणित गरिसकेका छन् ।
भिडियोः
प्रतिक्रिया दिनुहोस्