१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तिब्बती नागरिकलाई नेपाली नागरिकता दिन सहयोग गरेको आरोपमा चार जना पक्राउ


0
Shares

सोलुखुम्बु, मंसिर १३ । सोलुखुम्बुमा तिब्बती नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–२ बाट प्रक्रिया पूरा गरी नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस लिएर आएका माथि कर्मचारीले शंका लागेर अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सिफारिस लिने व्यक्ति तिब्बती नागरिक भएको खुलेपछि सिफारिस दिलाउने प्रक्रियामा सहयोग गरेको आरोपमा स्थानीय चार व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो । ती व्यक्तिलाई म्याद थप गरेर अनुसन्धानको तयारी गरिएको छ ।