२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटी बराबरीमा


0
Shares

काठमाडौं, मंसिर १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीको खेल बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन् ।

दुवै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा ब्रिगेडले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । एनआरटीको यो पहिलो १ अंक हो । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

लिग अन्तर्गत नै आज हुने दोस्रो खेलमा मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।