
काठमाडौं, मंसिर १३ । नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ ।
कतिपय नाममा सर्वसम्मत निश्चित मेसिन मात्र प्रयोग गर्न लागिएको निर्वाचन समितिले जनाएको छ ।
एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् । पार्टी निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ ।
मतदानका लागि ६ घण्टाको समय यथेष्ट हुने बताइएको छ । मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।
निर्वाचन कार्यक्रम अनुसार मंगलबार बिहानै मतपरिणाम आउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्