१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिमलाई ओझेलमा पर्न दिदैन : मन्त्री आले


0
Shares

काठमाडौं, मंसिर १३ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ ।

डोटीको जोरायल गाउँपालिका–३ मा सोमबार आयोजित नेकपा एकीकृत समाजवादी पार्टी गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने बताउनुभयो ।

मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय संघीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती काम नियमसंगत तरिकाले भए नभएकाबारे नागरिकस्तरबाट अनुगमन गर्नुपर्नेसमेत आग्रह गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम क्षेत्रका सबै नागरिक तथा सामान्य परिवारका व्यक्तिले महसुस गर्ने गरी विकास निर्माणका कामको थालनी गरिएको बताउनुभयो ।