९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतीय प्रधानमन्त्री मोदीले सोधे, प्रधानमन्त्री ओलीलाई कस्तो छ ? नेपाल आउने चाहना व्यक्त


0
Shares

काठमाडौं, माघ ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई स्वास्थ्य अवस्था कस्तो छ ? भनेर सोधेका छन् ।

मोरङको बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटनपछि भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै मोदीले समकक्षी ओलीलाई राम्रो स्वास्थ्य र सफलताका लागि शुभकामना दिए ।

नेपालको विकासमा भारतसाझेदार रहेको भन्दै उनले आगामी दिनमा पनि सहकार्य गर्ने पनि बताए । भूकम्पपछि गोरखा र नुवाकोटमा भारतीय सहयोगमा बनेको घरहरु देखेर आफूलाई खुशी लागेको मोदीको भनाइ थियो ।

सन् २०२० को दशक नेपाल र भारत सहकार्यको दिशामा स्वर्णिम दशक हुने आशा पनि उनले व्यक्त गरे । प्रधानमन्त्री ओलीले पनि दुई देशको सम्बन्ध अझ उचाइमा पुगेको बताएका थिए ।

आफूलाई नेपाल भ्रमणको निम्तो दिएकामा खुशी व्यक्त गर्दै मोदीले यस वर्षको कार्यक्रम बन्दै गरेकाले र तपाईंसँग केही समय बिताउन र नेपाली नागरिकको दर्शन गर्न पक्का आउने बताए ।