
बैतडी, मंसिर १४ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली छनौट गरिएको छ ।
बैतडी जिल्ला क्रिकेट संघले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । मंसिर १० गतेदेखि सञ्चालन भएको छनोट प्रक्रियाबाट टोली बनाइएको बैतडी जिल्ला क्रिकेट संघका सचिव शेरसिंह खत्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट मङ्सिर २० देखि धनगढीमा सञ्चालन हुनेछ । प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइने र उक्त टोली प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।
नेपाल क्रिकेट संघको आयोजनामा मङ्सिर २७ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदैंछ ।
प्रतिक्रिया दिनुहोस्