
कैलाली, माघ ७ । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो स्थापना दिवस मनाइएको छ ।
प्रदेश सभा स्थापनाको दुई वर्ष पूरा भइ तेस्रो वर्ष लागेको उपलक्ष्यमा धनगढीमा कार्यक्रम गरेका हो ।
प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले उद्घाटन गरेको कार्यक्रममा सभामुख अर्जुनबहादुर थापा, आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावललगायतले सम्बोधन गरेका थिए ।
दिवसको अवसरमा प्रदेश सभा स्थापनाकालदेखि कार्यरत कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्