
एजेन्सी । भारतको राजधानी दिल्लीमा गत महिनादेखि विगत ६ वर्षयता सबैभन्दा प्रदूषण बढेको छ ।
नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको थियो जुन सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी रहेको बीबीसीले जनाएको छ ।
नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको तथ्यांले देखाएको छ । विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन् ।
भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो । लम्बिएको मनसुनले पराल बाल्ने कार्यलाई नोभेम्बरमा धकेलेको कारण वायु प्रदूषण बढेको वायु स्तर मापन एजेन्सीका डा. गुफ्रान वेगले स्थानीय सञ्चारमाध्यमलाई बताउनुभयो ।
नासाको भूउपग्रह तथ्यांकले पन्जाब, हरियाणा र उत्तर प्रदेशमा अक्टोबर १ देखि नोभेम्बर २८ सम्म ९०,९८४ स्थानमा परालमा आगो लगाइएको देखाउँछ ।
काउन्सिल अफ इनर्जी, एन्भार्नमेन्ट एन्ड वाटरका अनुसार यो विगत पाँच वर्षको तुलनामा उच्च संख्या रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दिपावालीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो ।
प्रत्येक वर्ष वायु प्रदूषणका लागि जिम्मेवार गहुँ खेतीका लागि खेत तयार गर्न खेतमै पराल बाल्ने कार्य पनि प्रतिबन्धित लगाएपनि यसलाई कडाइका साथ लागु गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्