
काठमाडौं । सेन्टर फर मेडिकल सपोर्ट संस्थाले ‘विरामीको साथी’ हेल्थ डेस्क स्थापना गरेको छ ।
स्वास्थ्य सम्बन्धी परामर्श दिने उद्देश्यले डेस्कको स्थापना गरिएको हो । स्वास्थ्य समस्यामा परेका नागरिकलाई डेस्कले परामर्श दिनुका साथै चिकित्सकको बारेमा जानकारी पनि गराउनेछ ।
विरामीलाई आवश्यक परेको खण्डमा कुरुवाको पनि व्यवस्था गर्ने संस्थाले जनाएको छ । यो अभियानको संस्कृति तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्