११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानन्यायाधीश हटाउने बारेमा गठबन्धनमा छलफल हुने : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं, मंसिर १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश हटाउने बारेमा गठबन्धनमा छलफल हुने बताउनुभएको छ ।

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दबाब दिँदै ज्ञापन पत्र बुझाउन गएका नेपाल बार एशोसियसनका पदाधिकारीसँग उहाँले गठबन्धनको तर्फबाट यथाशीघ्र अदालतको समस्या समाधानको पहल गरिने बताउनुभयो ।

अझै पनि न्यायपालिकामा देखिएको समस्या समाधान नभएकोमा गम्भीर ध्यानाकर्षण भएको दाहालको भनाइ थियो । यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्यप्रणालीसँग सम्बन्धित भएकोले शीघ्र समाधान खोजिने बताउनुभयो ।

अध्यक्ष दाहालले सभामुख देश बाहिर भएकाले उहाँ फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको निदान खोज्ने आश्वासन दिनुभयो ।