९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई ताकेता गर्ने : समिति


0
Shares

काठमाडौं, माघ ८ । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफुले दिएको निर्देशन कार्यान्वयन गर्न विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ ।

समितिको बुधबार बसेको बैठकले समितिबाट पटक–पटक दिईएका निर्देशन कार्यान्वयनमा मन्त्रालयहरुले ध्यान नदिएको भन्दै ताकेता गर्ने निर्णय गरेको हो ।

समितिका सभापति रामनारायण बिडारीले उद्योग, वाणिज्य तथा आपूर्ति, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि मन्त्रालयलाई दिएको निर्देशन लामो समयसम्म पनि कार्यान्वयन नभएको भन्दै त्यसबारे मन्त्रीहरुलाई समितिमा बोलाएर जानकारी लिने बताए ।

समितिले आगामी बैठकमा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आगामी वर्ष कम्तीमा १० वटा बोर्डर पोष्ट थप गर्ने र सीमा सुरक्षा तथा अपराध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने सम्बन्धमा जानकारी लिने निर्णय गरेको छ ।