२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित


0
Shares

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ ।

हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, बाँके, कैलाली र अछाम लगायत १६ जिल्लाको जिल्ला अधिवेशन हुन सकेको छैन ।

केन्द्रीय महाधिवेशनपछि नयाँ कार्यतालिका ल्याएर जिल्ला अधिवेशन गर्ने निर्वाचन समितिले जनाएको छ । कांग्रेसले ६१ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रदेश अधिवेशन बिहीबारबाट सुरु भएको छ भने केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको छ ।