
फाइल तस्बिर
काठमाडौं, मंसिर १६ । कोरोना भाइरस विरुद्धको मोर्डनाको खोप शुक्रबार नेपाल आउने भएको छ ।
कोभ्याक्स अन्र्तगत नेपालले पहिलो पटक मोर्डनाको खोप प्राप्त गर्न लागेको हो ।
स्वास्थ्य सेवा विभाग अन्र्तगतको खोप शाखा प्रमुख डा. सागर दाहाले १ लाख ८८ हजार डोज मोर्डनाको शुक्रबार नेपाल आउने जानकारी दिनुभयो ।
दुई डोज लगाउनु पर्ने मोर्डनाको खोप पहिलो डोज खोप लगाएको २८ दिनको फरकमा दोस्रो डोज लगाउन सकिन्छ ।
माइनस १५ देखि २५ डिग्री सेल्सियसमा तापक्रममा राख्नु पर्ने हुन्छ । सरकारले ४० लाख डोज मोर्डनाको खोप खरिद गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्