९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एन्फा कास्कीका अध्यक्षमाथि हातपात गर्ने मनाङ्गे विरुद्ध मुद्धा दायर


0
Shares

पोखरा, माघ ८ । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ ।

सांसद गुरुङ विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार मुद्धा दर्ता गरेका हुन् । मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हिजो हातपात गरेका थिए ।

मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि सार्वजनिकस्थलमै मुक्का हानेका थिए ।

मनाङेले भने सानो घटनालाई मिलन गुरुङले ठुलो बनाएर मिडियाबाजी गरेको आरोप लगाएका छन् । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै मनाङेले कानुनले नदेखेका कतिपय कुरा शक्तिको भरमा सिस्टममा ल्याउनुपर्ने तर्क गरे ।

पहिले आफ्नै समूहमा रहेको मिलनले ठूलो कुरा गर्न थालेपछि मुक्का हानेको तर्क पनि मनाङ्गेको छ ।