
काठमाडौं, मंसिर १६ । पछिल्ला दिन केही सम्हालिएको शेयर बजारमा बिहीबार पुनः पहिरो गयो ।
पछिल्ला दिन करिब स्थीर जसो रहेर बुधबार सामान्य अंकले हरियो समेत रहेर थामिएको थियो ।
उतार चढावबीच बिहीबार नेप्से ४९.०४ अंकले ओरालो लागेर २५ सय ८४ मा आएर थामियो ।
कारोबार साढें ३ अर्ब हाराहारी मै सीमित रह्यो । सबै समूह राताम्मे रहँदा बीमा समूहमा अढाई सय अंक हाराहारीको गिरावट आयो ।
विकास बैंक र उप्पादनमूलक समूह पनि डेढ सय अंक बढीले झरे ।
अरु पनि सबैजसो समूहमा दोहोरो अंकको कमी आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३१ कम्पनीको ७९ लाख कित्ता शेयर ३ अर्ब ४१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्