१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीश राणा शुक्रबार डिस्चार्ज हुँदै, घरबाटै कामकाज गर्ने


0
Shares

काठमाडौं, मंसिर १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएपछि सर्वोच्चमा कायम मुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुङ्गीएको छ ।

प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुको छलफलमा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने र घरबाटै प्रशासनिक काम गर्ने जानकारी गराएपछि कामु प्रधानन्यायाधीशको विवाद तत्काल अन्त्य भएको हो ।

राणा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएपछि कायम मुकायम प्रधानन्यायाधीश नतोकिएको भन्दै नेपाल बारले आपत्ति जनाएपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए । यसअघि नेपाल बार र सर्वोच्च बारका अध्यक्षहरुले न्यायाधीशसँगको छलफलमा संवैधानिक व्यवस्थाअनुसार वरिष्ठ न्यायायाधीशले कायम मुकायम लिएर मात्र अदालतमा पेशी तोक्न सुझाव दिएका थिए ।

सर्वोच्चको नेतृत्वकर्ता बिना अदालत सञ्चालन हुन नसक्ने भन्दै बारले विरोध गरेपछि बारको असहमतिकैबीच पेशी सूची प्रकाशन भएको थियो ।

बारको विरोधका कारण सर्वोच्च अदालतमा पेशी व्यवस्थापनमा गोला प्रथा लागु गरेको दोस्रो दिन पनि ईजलास प्रभावित भएको छ ।

सर्वोच्चमा १० वटा ईजलास मार्फत १ सय ९२ मुद्दाको पेशी तोकिएको छ । जसमध्ये ८ वटा मुद्दा मात्र सुनुवाई भएको छ ।