
काठमाडौं, मंसिर १६ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गर्नुभएको हो । उहाँले आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको बताउनुभयो ।
नाडाको नयाँ नेतृत्वका लागि आगामी मंसिर २३ गते काठमाडौंमा निर्वाचन हुँदैछ । हाल नाडाको उपाध्यक्ष रहनुभएका करण चौधरीले पनि आगामी नेतृत्वका लागि आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्