२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ : रामचन्द्र पौडेल


0
Shares

पोखरा, मंसिर १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु वर्तमानको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उहाँले विपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै उहाँका आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

समय र माग अनुसार काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिदै उहाँले विगतको समिक्षाका आधारमा दीर्घकालिन योजनाका साथ कृयाशिल बन्नुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी संगठनलाई कमजोर बनाएको बताउँदै उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकतावद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले विपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उहाँका आदर्श र चिन्तालाई अवलम्बन गर्दै संगठनलाई थप मजवुद र कृयाशिल बनाएर जानुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत आज उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।